कोरोना संक्रमितको संख्या ३५७ पुग्यो, एकैदिन थपिए ६२ जना




काठमाडौं, जेठ ५
नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ । बाँकेमा भेटिएका ४७ सहित आज मात्र ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसङ्गै कोरोना संक्रमितको संख्या ३५७ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज दिउँसो थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् ।

देवकोटाका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा एक जना पुरुष, भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुष र धुलीखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

सोमबार बिहान ९ जनामा कोरोना संक्तमण पुष्टि भएको थियो । विहानका ९ जनासहित आज मात्रै ६२ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News