जेठ १४ देखि प्रदेश १ को बजेट अधिवेशन



विराटनगर, जेठ ५

प्रदेश १ संसद्को बजेट अधिवेशन जेठ १४ गतेबाट सुरु हुने भएको छ । सोमबार सम्पन्न प्रदेश मन्त्रीपरिषद बैठकले १४ गते दिनको २ बजेका लागि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको छ ।

‘जेठ १४ गते दिनको दुई बजेका लागि बजेट अधिवेशन आह्वान गर्ने निर्णय भएको छ’, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बैठकपछि भने ।

भौतिक दुरी कायम गरेर संसद् बैठक सञ्चालन गर्ने तयारी भएपछि सरकारले अधिवेशनको मिति तोकेको हो । प्रदेश १ संसद्को बजेट अधिवेशन दुई वटा हलमा सांसदहरु राखेर गर्ने तयारी प्रदेशसभा सचिवालयले गरिरहेको छ । हाल प्रदेशसभा रहेको भवनको बैठक कक्ष साँघुरो हुने र दुरी कायम गर्न असम्भव हुने भएपछि सोही भवनको माथिल्लो तलामा रहेको नेकपा संसदीय दलको कार्यालय हललाई पनि बैठक कक्षको रुपमा प्रयोग गरिने भएको छ ।
प्रदेशसभाको पाँचौ तथा हिउँदे अधिवेशन चैत ६ को बैठकपछि कोरोना त्रासले स्थगित भएको थियो । त्यसयता एउटै पनि बैठक नभई अधिवेशन अन्त्य भएको थियो । प्रदेशसभाले प्रदेश राजधानी विराटनगरलाई बनाउने प्रस्तावसहित ४४ वटा विधेयक पारित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News