विदेशमा अलपत्र नागरिकबारे ठाेस निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडाैँ, जेठ ५
भारतसहित तेस्राे मुलुकमा अलपत्र परेका नेपाली नागरिकबारे ठाेस निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेकाे छ। भारतसहित विभिन्न देशमा रहेका नेपालीहरुलाई देशभित्र ल्याउनेबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक साँझ ६ बजे बस्ने भएको हाे ।

लकडाउनपछि भारत लगायतका देशमा ठूलो संख्यामा नेपालीहरु अड्किएका छन् । बंगलादेश लगायतका देशमा रहेका विद्यार्थीहरुले आफूहरुको उद्दारका लागि सरकारलाई आग्रह गर्दै आएका छन् ।

यसैबारे छलफल गर्न मन्त्रिपरिषद् बैठकभन्दा अघि रक्षा मन्लायलमा मन्त्रीहरुको बेग्लै छलफल पनि हुँदैछ । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली तथा कृषि मन्त्री घनश्याम भुसाललगायत यो छलफलमा सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News