बंगालको खाडीबाट शक्तिशाली अम्पुन आँधी आउँदै, सतर्क रहन आग्रह
काठमाडौं, जेठ ६
बंगालको खाडीमा विकसित शक्तिशाली आँधी अर्था्त चक्रवात नेपालतिर आउँदै छ । त्यसको प्रभाव नेपालमा पर्न सुरू भैसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका विभिन्न ठाउँमा पानी पर्न सुरू भएको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले बताइन् । उनकाअनुसार शक्तिशाली चक्रवातको बाहिरी घेराको बादल मात्र अहिले नेपाल आइरहेको छ।
‘अहिले त्यो चक्रवात बंगालको खाडीमै छ, जमिनमा प्रवेश गरिसकेको छैन,’ उनले भनिन्, ‘यो भारतको जमिनमा प्रवेश गरेपछि यसको असर ठूलो हुनेछ र नेपालमा पनि बढी प्रभाव पर्नेछ।’
उनका अनुसार अहिले त्यस शक्तिकाली चक्रवातको बाहिरी घेराको बादल काठमाडौंलगायत देशको मध्य भागमा मात्रै आइपुगेको छ। सोही कारण आज बिहानै काठमाडौंलगायत आसापासका क्षेत्रमा वर्षा भएको हो।
प्रकाशित मिति: ६ जेष्ठ २०७७, मंगलबार