नेपालमा कोरोना संक्रमित बढेको बढ्यै, फेरि थपिए चार जना




कपिलवस्तु, जेठ ६
नेपालमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहान कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ४ का ३ जना र वडा नम्बर ३ का १ जना थपिएका हुन् । 

यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३७९ पुगेको छ । संक्रमितहरु २० देखि ४५ वर्षका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्गर्तत स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुमा संक्रमितको संख्या ४७ पुगेको छ । 

यसैबीच कोरोना संक्रमण फैलने उच्च जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले फेरि १५ दिनलाई जिल्लालाई सील गरेको छ । यस अघि बैशाख २९ देखि जेठ ५ गते सम्मकालागि जिल्लालाई सील गरिएको थियो ।

 सरकराले लकडाउन जेठ २० गते सम्म बढाएको तथा कपिलवस्तु कोरोनाको रेड जोनमा परे पछि जिल्लालाई पुनः १५ दिन सील गर्ने  निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पोेलले बताए ।

प्रजिअ दीर्घनारायण पौडेलले जिल्लामा कोरानो तीब्ररुपमा फैलिए पछि जोखिम कम गर्न जिल्लालाई सील गर्न अवधि थपिएको बताए । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News