प्रदेश १ मा थपिए ११ संक्रमित



विराटनगर, जेठ ६

प्रदेश १ मा मंगलबार ११ जना कोभिड १९ संक्रमित थपिएका छन् । झापाका ९ जना र सुनसरीका दुई जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ । त्यसमध्ये १७ जना उपचारपछि घर फर्केका छन् ।

झापाको कचनकवल गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको कोशी अस्पतालले जनाएको छ । कोशी अस्पतालको प्रयोगशालामा उनीहरुको परीक्षण भएको थियो । सोमबार कचनकवलकै एक जनामा संक्रमण देखिएको थियो । उनकै सम्पर्कमा रहेका थप नौ जनामा संक्रमण देखिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

त्यस्तै सुनसरीको इटहरीका एक जना युवक र एक जना प्रहरीमा संक्रमण पुष्टि भएको छ । धरानस्थित वीपी कोइराला प्रतिष्ठानमा भएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News