छिमेकी जिल्लामा कोरोना देखिएपछि अर्घाखाँचीका सबै नाका सिल




अर्घाखाँची, जेठ ६
गुल्मीमा एक जनामा कोरोना देखिएपछि छिमेकी जिल्ला अर्घाखाँचीमा सतर्कता अपनाइएको छ । कोरोनाको रोकथामका लागि जिल्लाका सबै सीमा नाका सिल गरिएको छ । थप सुरक्षा व्यवस्था अपनाउन सीमा नाका सिल गर्ने जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि वित्तीय सँस्था पनि बन्द गर्ने प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । गुल्मीका संक्रमित बिरामी सन्धिखर्कस्थित छाया पोलिक्लिनिकमा चेक गराएर बुटवल गएकाले छाया पोलिक्लिनिक अर्को व्यवस्था नभएसम्म सिल गर्ने पनि निर्णय गरेको छ ।

तरकारी, दूध, किराना, मासु पसल बिहान ७ देखि १० देखि खोल्ने, दूध पसल बिहान ६ देखि ९ बजे र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्ने, जिल्लाको लकडाउनलाई थप कडाई गर्ने पनि निर्ण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News