सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


 



काठमाडौं, जेठ ६
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आजको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

सांसदले उठाएका प्रश्नमाथि आज प्रधानमन्त्री ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गरिएको हो।

आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रममा आइतबार र सोमबार दुई दिनसम्म छलफल भएको थियो।

नीति तथा कार्यक्रम प्रतिनिधि सभामा ४ गते ३९ र ५ गते ६७ गरी जम्मा १०६ जना सांसदले छलफलमा भाग लिएका थिए।

प्रकाशित मिति: ६ जेष्ठ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्