नेपालमा काेराेना संक्रमितको संख्या ४ सय २ पुग्यो



काठमाडौं, जेठ ६
मंगलबार एकै दिन २७ जनामा कोरोना संक्रमणकाे पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार एकै दिन २७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ४०२ पुगेको हो।

प्रवक्ता देवकोटाका अनुसार २१ हजार ६ सय २३ जना क्वारेन्टाइनमा छन्। उपत्यकामा १७ र बाहिर ४४० गरेर आइसोलेसनमा ४ सय ५७ जनालाई राखिएको छ। मंगलबार विराटनगरस्थित कोसी अस्पतालमा उपचार गराइरहेका झापाका ६२ वर्षीय पुरुष डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ३७ पुगेको छ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय ४ र आरडीटी विधिबाट ७४ हजार ६ सय ४९ जनाको परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट दुई हजार दुई सय ८० र आरडीटी विधिबाट पाँच हजार ८९ जनाको नमुना परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News