तीन स्वास्थ्यकर्मीसहित थप पाँच जनामा कोरोना संक्रमण




काठमाडौं, जेठ ६
धनकुटामा तीन जना स्वास्थ्यकर्मीसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनकुटा जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्तिहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

उनीहरुको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो ।

संक्रमित हुनेहरुमा धनकुटा अस्पतालमा कार्यरत तीनजना स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र एकजना स्वास्थ्यकर्मीका परिवारको सदस्य रहेका विपीका सहायक प्रवक्ता डा अशोक ऐरले बताए ।

सोमबार धनकुटा अस्पतालकी नर्समा संक्रमण देखिएपछि ८३ जनाको नमुना संकलन गरिएको थियो । यो ससंगै नेपालमा कोरोना संक्रमितको संख्या ४०७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News