कोरोना अपडेट : मृतकको संख्या ३ लाख २२ हजार नाघ्यो, संक्रमणदर पनि बढेको बढ्यै




काठमाडौं, जेठ ७
विश्वभर कोरोना संक्रमण दर र मृत्युदर बढ्दै छ । अहिलेसम्म कोरोना पुष्टि हुनेको संख्या ४८ लाख ९२ हजार ५ सय ५० पुगेको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १५ लाख २७ हजार ३ सय ५५ मा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, रुसमा २ लाख ९९ हजार ९ सय ४१, ब्राजिलमा २ लाख ७१ हजार ६ सय २८, बेलायतमा २ लाख ५० हजार १ सय ३८, स्पेनमा २ लाख ३२ हजार ३७, इटालीमा २ लाख २६ हजार ६ सय ९९ लाई कोरोना संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख २२ हजार ८ सय २१ को कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ९१ हजार ८ सय ४५ को मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३५ हजार ४ सय २२, इटालीमा ३२ हजार १ सय ६९, फ्रान्समा २८ हजार २५, स्पेनमा २७ हजार ७ सय ७८, ब्राजिलमा १७ हजार ९ सय ७१, बेल्जियममा ९ हजार १ सय ८ को मृत्यु भइसकेको छ।

त्यस्तै, विश्वभर १६ लाख ८६ हजार ४ सय ४८ कोरोना संक्रमित अहिले संक्रमणमुक्त भएका भएका छन्।

अमेरिकामा सर्वाधिक २ लाख ८९ हजार ३ सय ९२, जर्मनीमा १ लाख ५५ हजार ६ सय ८१, इटालीमा १ लाख २९ हजार ४ सय १, टर्कीमा १ लाख १२ हजार ८ सय ९५ अहिले संक्रमणमुक्त भएका छन्।

नेपालमा ४ सय ७ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News