भारतमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च




काठमाडौं, जेठ ७
भारतमा गएको २४ घन्टामा कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्मकै उच्छ देखिएको छ । २४ घण्टाको अवधिमा बुधबार बिहान सबैभन्दा बढी ६ हजार १४८ जना नयाँ संक्रमित थपिएका छन् । 

यो संख्या अहिलेसम्मकै उच्च हो । मंगलबार बिहान २४ घण्टाको अवधिमा ४ हजार ६२९ जना संक्रमित थपिएका थिए । यसअघि आइतबार २४ घण्टाको अवधिमा ५ हजार ४९ जना संक्रमित थपिएका थिए । 

संक्रमितको संख्या एक लाख ६ हजार ४७५ पुगेका छन् । मृतकको संख्या ३ हजार ३०२ पुगेको छ। २४ घण्टामा १४६ मृतक थपिएका छन् । 

निको हुनेको संख्या ४२ हजार ३०९ छ । २४ घण्टामा ३ हजार ३२ जनालाई निको भएको छ । 

कोरोनाबाट महाराष्ट्र सबैभन्दा बढी पीडित बनेको छ । मंगलबार महाराष्ट्रमा २ हजार ७८ जना संक्रमित थपिएका छन् । त्यहाँ ३७ हजार १३६ संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News