स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना परीक्षणको शुल्क तोकिएको छैन




काठमाडौं, जेठ ७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जाँच गराउँदा लाग्ने शुल्क नतोकिएको बताएको छ।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा मन्त्रालयले शुल्क तोकेको हल्ला भएपछि मन्त्रालयले कुनै शुल्क नतोकिएको स्पष्ट पारेको हो ।

सरकारले कोरोना परीक्षण गर्नुपर्ने व्यक्तिबारे बनाएको निर्देशिकाअनुसार सरकारी अस्पतालमा निस्शुल्क परीक्षण भैरहेको छ।

सरकारी निर्देशिकाको मापदण्डबाहिरका व्यक्तिले भने कोरोना परीक्षण गर्न चाहेमा शुल्क तिरेर परीक्षण गराउन सक्ने मन्त्रालयले जनाएको छ । तर त्यसका लागि पनि शुल्क अहिले नतोकिएको मन्त्रालयले जनाएको छ ।

शुल्कका बारेमा छलफल भइरहेको तर टुंगो नलागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए ।

सरकारले निजी अस्पताललाई आरडीटी र सरकारी अस्पताललाई पीसीआर विधिमार्फत शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने निर्णय भने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News