कालीमाटी प्रहरी वृत्त नै सिल, दुई सय प्रहरी क्वारेन्टाइनमा




काठमाडौं, जेठ ७
महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई जना प्रहरी कोरोना संक्रमण देखिएपछि वृत्त नै सिल गरिएको छ।

संक्रमितको सम्पर्कमा रहेका २ सय प्रहरीलाई पनि क्वारेन्टाइनमा राखिएको छ । उनीहरु लकडाउनको समयमा सडकमा नै समुहमा ड्युटीमा खटिएका थिए। प्रहरी नायव निरीक्षक ९सई० र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ।

उनीहरुसँग सम्पर्कमा आएका दुई सय जना प्रहरीलाई क्वारेन्टाइनमा राखेर परीक्षण गरिने भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले बताए।

वृत्तमा महिला सेल, ट्राफिक कार्यालय समेत रहेको छ। ४ दिनअघि १९ जना प्रहरीको कोरोना परीक्षण गरिएको थियो जसमा २ जनामा पोजेटिभ रिपोर्ट आएको हो।

यसअघि काठमाडौं र भक्तपुरमा कार्यारत सशस्त्र प्रहरी दुई जनालाई कोरोना संक्रमण भएको थियो। यस्तै महोत्तरीको बर्दिबासस्थित पृतनामा कार्यरत पृतनापतिसहित दुई जनामा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News