उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छैन : अस्पताल

काठमाडौं, जेठ ७
क्रिमशन अस्पताल तिलोत्तमामा उपचाररत कोरोना भाइरस संक्रमितको मृत्यु नभएको अस्पतालले जनाएको छ ।
संक्रमित व्यक्तिको मृत्यु भएको समाचार आएपछि अस्पतालले बिज्ञप्ति निकालेर यसको खण्डन गरेको हो । गुल्मीको मदाने-६ का १ व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई १ जेठमा का लागि लगिएको थियो । उनलाई कोरोना भाइरस पुष्टि भएपछि उनी उपचाररत् अस्पताललाई सिल गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
प्रकाशित मिति: ७ जेष्ठ २०७७, बुधबार