भारतले भन्यो, ‘नेपालको जारी नयाँ नक्सा अस्वीकार्य’


 



काठमाडौं, जेठ ७
लिम्पिधुरासहित नेपालले जारी गरेको नयाँ नक्सा भारतले स्वीकार नगर्ने जनाएको छ। भारतले उल्टै आफ्नो भूमी मिचेको आरूप लगाएको छ।

विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ति प्रकाशित गरी नेपालले भारतको समेत भूमि समावेश गरेर नक्सा जारी गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने बताए।

श्रीवास्तवले नेपालले एकतर्फी रूपमा नक्सा जारी गरेको र ऐतिहासिक तथ्यमा आधारित नभएको बताएका छन्। सीमा विवादलाई द्विपक्षीय कूटनीतिक वार्ताका माध्यमद्वारा हल गर्ने पूर्व प्रतिवद्धताको पनि विपरीत भएको बताएका छन्।

यो विषयमा भारतको पहिलेदेखिको स्थिर अडानबारे नेपाललाई जानकारी भएको विज्ञप्तिमा उल्लेख छ।
साथै सीमा मामिलाको समाधान गर्नका लागि सकारात्मक पहलका लागि पनि आग्रह गरेको छ।

प्रकाशित मिति: ७ जेष्ठ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्