हत्या गरेर घरभित्रै पुरिएको अवस्थामा शव फेला



विराटनगर, जेठ ७
विराटनगर महानगरपालिकामा एक जनाको शव घर भित्रै गाडिएको अवस्थामा फेला पहेको छ । महानगरपालिकाको वडा नम्बर १४ जतुवामा ५५ वर्षीय सत्यराम चौहानको शव घरभित्रै गाडेर राखेको अवस्थामा भेटिएको हो। 

महानगरपालिका १५ मिल्स एरियास्थित डेरामा परिवारसहित बस्दै आएका मृतक चौहानका माइलो छोरा नगेन्द्रले बुबा बस्ने घरमा बुधबार बेलुका घरको झ्याल ढोका खुल्ला अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

नगेन्द्रले घरमा बुबा र जेठो दाजु रोहितलाई नदेखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय मोरंगमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी बताए। प्रहरीले राती घटनास्थलमा घरभित्र मृतक सुत्ने खाटनजिक करिब ३ फिट गहिरो खाल्डो खन्दा शव गाडेको अवस्थामा भेटेको हो।

तीन छोरा मध्ये मृतक चौहान अविवाहित जेठो छोरा रोहितसंग बस्दै आएका थिए। त्यसैगरि माइलो नगेन्द्र मिल्सएरियामा डेरामा र कान्छो छोरा गएको चार वर्षदेखि वेपत्ता अवस्थामा रहेको प्रहरीले जनाएको छ। प्रहरीले हाल रोहितलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।

त्यसैगरी प्रहरीले माइलो छोरो नागेन्द्रमाथि पनि सोधपुछ गरेको छ। घटनास्थलको प्रकृतिका आधारमा चाररपाँच दिन अघि नै हत्या गरेर शव पुरेको जस्तो देखिने प्रहरी प्रमुख अधिकारीको भनाइ छ। प्रहरीले चौहानको शव उत्खनन् गर्दै पोस्टमार्टमका लागि कोसी अस्पताल लिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News