आज हिमपातसहित वर्षाको सम्भावना



काठमाडौं, जेठ ८
आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, मध्यम वर्षादेखि हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ । 

२४ घण्टामा पूर्वी भूभागका केही स्थान र पश्चिमी तथा पहाडी भूभागका १/२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षासँगै हिमाली भेगमा हिमपातको सम्भावना रहेकाले खोलानालामा जलप्रवाहसमेत बढ्ने भएकाले आवश्यक  सतर्कता अपनाउन मौसमविद्ले अनुराेध गरेका छन् । 

मौसमविद्का अनुसार बंगालको खाडीमा बनेको अम्पुन चक्रवात जमिनमा प्रवेश गरिसकेको र कमजोर हुने क्रममा रहेको छ । हाल देशमा यो प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेकाले मौसममा सधुार आउन नसकेको हो ।  

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News