Deshko News
१६ मंसिर २०८०, शनिबार

झापामा १५ जनासहित थप १७ जनामा कोरोना पुष्टि


 



काठमाडौं, जेठ ८
नेपालमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । झापा, धनकुटा र सुनसरी जिल्लामा नयाँ कोरोना संक्रमित फेला परेका हुन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार झापाको कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा जम्म १ जना कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन् ।

यसैगरी धनकुटामा ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् ।

उनीहरुको स्वास्थ्य सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

प्रकाशित मिति: ८ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्