भारतीय भूमिबाट साढे ८ सय नेपालीको उद्धार



कैलाली, जेठ ८
लामो समय सीमा क्षेत्रको भारतीय भूमिमा रोकिएका ८ सय ५८ नेपालीलाई उद्धार गरिएको छ। बुधबार स्वास्थ्य परीक्षण नगरी उनीहरूलाइ स्वदेश फर्किन दिइएको हाे । उद्धार गरेर सम्बन्धित स्थानीय तह पठाइए पनि उनीहरुको स्वास्थ्य परीक्षण भने गरिएन ।

उनीहरुको सम्बन्धित स्थानीय तहले नै स्वास्थ्य परीक्षण गर्न र त्यही क्वारेन्टाइनमा राख्ने हुँदा सीमामा परीक्षण नगरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

भारतको मुम्बई, दिल्ली, राजस्थान, हरियाणा, मुरादावादलगायतका स्थानबाट बस रिजर्भ गरेर आएका उनीहरु गौरीफन्टा नाकामा अलपत्र परेका थिए ।जिल्ला प्रशासन कार्यालय कैलालीले उनीहरुलाई उद्धार गरेर सम्बन्धित स्थानीय तह पठाएको हो ।

बुधबार दिउँसो २ बजेदेखि उद्धार सुरु गरिएको साँझसम्म ८ सय ५८ जनाको उद्धार गरिएको कैलालीका प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिए । उनीहरुलाई गन्तव्यमा पुर्‍याउन स्थानीय तहले बसको व्यवस्था गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News