काठमाडौंका सबै नाका सिल, आउनै परे तोकियो यस्तो नियम




काठमाडौं, जेठ ९
काठमाडौं उपत्यकाका सबै नाका बिहीबारदेखि बन्द गरिएका छन् । लकडाउन अवधिभर अत्यावश्यक कामबाहेक सवारी लिएर वा पैदल आउनेलाई प्रवेश अनुमति नदिने व्यवस्था गर्न उपत्यकाका सबै स्थानीय तहलाई गृह मन्त्रालयले परिपत्रसमेत गरेको छ । 

अत्यावश्यक कामबाहेक लुकिछिपी प्रवेश गर्नेहरूलाई पनि रोक्न निर्देशन गरिएको छ । उपत्यका प्रवेश गर्नैपर्ने अत्यावश्यक काम भएका व्यक्तिले आरडीटी विधिबाट कोरोना भाइरस परीक्षण गरेको रिपोर्ट देखाउनुपर्ने छ ।

यसअघि लकडाउनमा पनि लुकिछिपी उपत्यका प्रवेश गर्नेहरूका कारण कोरोना फैलिएको भन्दै गृहले उनीहरूको खोजी गरी लगत संकलन गर्न पनि स्थानीय तहलाई निर्देशन दिएको छ ।

काठमाडौं आउन चाहनेलाई सम्बन्धित जिल्लामै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाइ गर्ने व्यवस्था गर्न पनि सम्बन्धित प्रशासनलाई निर्देशन दिएको छ । सबै स्थानीय तह होटेल, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य सम्भाव्य स्थललाई क्वारेन्टाइन बनाउने गरि लगत संकलन गर्न सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News