भारतबाट फर्किएका १९ जनामा र्यापिड टेष्टमा कोरोना पोजेटिभ, अस्पताल भर्ना


 



धनगढी, जेठ ९
भारतबाट फर्किएका सुदूरपश्चिमका १९ जनालाई र्यापिड टेष्टमा कोरोना पोजिटिभ देखिएको छ । उनीहरू सबैलाई कोरोनाको आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

अस्पताल भर्ना भएकाहरुमा सीमा क्षेत्रमा गरि नेपाल आएका र र्यापिड टेस्टमा पोजेटिभ देखाएकाहरु रहेका छन् । अस्पतालको आईसोलेसनमा भर्ना भएका उनीहरुमा कोरोनाको लक्षण समेत देखिएको छ ।

अस्पताल भर्ना भएकाहरु बझाङ्, डोटी, डडेल्धुरा, बैतडीका रहेको अस्पतालले जनाएको छ । अस्पतालको आसोलेसनमा भर्ना हुनेको संख्या २३ पुगेको छ।

प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्