मन्त्रिपरिषद बैठक बस्दै, यस्ता छन महत्वपूर्ण दुई एजेन्डा

काठमाडौं, जेठ ९
मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्न लागेको हो ।
बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या समाधानलगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए ।
केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो ।
शुक्रबारको मन्त्रिपरिषद बैठकमा त्यो विषयले प्रवेश पाउने सम्भावना छ । त्यसैगरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुने बताइएको छ।
प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार