पूर्वमन्त्री आफताब आलमको घरमा खानतलासी, स्थानीयको अवरोधपछि हवाई फाएर


 



रौतहट, जेठ ९
राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री आफताब आलमको घरमा प्रहरीले मध्यरातमा खानतलासी गरेको छ ।

बमकाण्डका अर्का अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले गएराति १२ बजे राजपुरस्थित घरमा खानतलासी गरेको हो । आलमकै भाइ महताव अफताब आलम फरार छन् ।

उनी घरमा रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो । प्रहरीले खानतलासी गर्दा स्थानीयले अवरोध गरेका थिए। अवरोध भएपछि प्रहरीले हवाई फाएर पनि गरेको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक रविराज खडकाले खानतलासीका क्रममा परिवारजन र स्थानीयले प्रहरीलाई अवरोध गरे पछि प्रहरीले हवाई फायर गरेको बताए ।

अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि हातपात हुन खोजेपछि १२ राउण्ड गोली हवाइ फायर गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।

राजपुर बमकाण्ड घटनाका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साह लयायतका व्यक्ति प्रहरीको फरार सूचीमा रहेका छन् ।

आलममाथि २०६४ को संविधान सभाको चुनाबमा आफ्नै घरमा भएको बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इट्टा भट्टामा लिएर मारेको आरोप छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्