पाँच जिल्लामा सीडीओको सरुवा, कुन जिल्लामा को ?



काठमाडौं, जेठ ९
गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका प्रजिअको सरुवा गरिएको छ ।

रसुवाको प्रजिअमा हरि पन्त, नवलपरासीमा सागरमणि पाठक, लमजुङमा कृष्णप्रसाद शर्मालाई सरुवा गरिएको छ । कृष्ण गैरेलाई जिल्ला प्रशासन कार्यालय बाजुरा र मोहन जोशीलाई बैतडीको प्रजिअका रुपमा खटाइएको छ ।

रसुवाका प्रजिअ अर्जुन भण्डारी र नवलपरासीका बासुदेव दाहाललाई गृहमन्त्रालयमा ल्याइएको छ । बाजुराका प्रजिअ गंगाप्रसाद न्यौपानेलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा खटाइएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News