कोरोनाको खोप कहिले आउँछ ? अमेरिकी वैज्ञानिकको यस्ताे जवाफ !



एजेन्सी, जेठ ९
अमेरिकाका चर्चित वैज्ञानिक विलियम हेसलटाइनले अहिले कोरोना भाइरस (कोभिड -१९) को खोप छिट्टै बजारमा आउला भन्ने विश्वास आफुमा नरहेको र यसको प्रतीक्षा गर्नु पनि उचित नहुने बताएका छन् ।

एचआईभी भाइरसको विषयमा अनुसन्धान गरेका उनले कोरोना भाइरसको महामारी रोक्नका लागि खोपको प्रतीक्षा गर्नुभन्दा पनि बिरामीको राम्रो उपचार, उनीहरुको पहिचान र संक्रमण फैलिएको स्थानलाई आइसोलेसनमा राख्नुपर्ने तथ्यहरु अगाडि सरेका छन्। उनले अमेरिकी सरकारलाई विभिन्न सुझाव समेत दिएका छन् । विलियम हेसलटाइनले खोप आउने आशामा लकडाउन खुकुलो पार्ने निर्णय गर्नु सही रणनीति नभएको दाबी गरे ।

त्यसो त हेसलटाइनले कुनै उपचार र खोप विना पनि कोरोना भाइरसलाई नियन्त्रणमा लिन सकिने तर्क अगाडि सरेका छन् । कोरोना संक्रमितको सही पहिचानका साथै संक्रमितलाई आइसोलेसनमा राख्नु सबैभन्दा प्रभावकारी उपाय हुने उनको दाबी छ ।

बाँकी मानिसहरुले बारम्बार हात धुने, मास्क लगाउने, सफाइमा ध्यान दिने जस्तो बानी बसाल्नुपर्ने उनको सुझाव छ । चीन र अन्य एसियाली मुलुकमा यो वैकल्पिक रणनीतिलाई निकै प्रभावकारी रुपमा लागू गरिंदा केही सफल भएको पनि उनको विश्वाश छ। हेसलटाइनले चीन, दक्षिण कोरिया र ताइवानमा वैकल्पिक रणनीति प्रभावकारी भएको वताएका छन्।

अमेरिका, रुस , ब्राजिलजस्ता देशहरुले यो रणनीति राम्रोसँग पालना गर्न नसक्दा ती देशहरुमा महामारीको दरलाग्दो अवस्था आएको पनि उनले वताए । -बीबीसी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News