कोरोनालाई जितेर एकैदिन २१ जना घर फर्किए


 



नेपालगञ्ज, जेठ ९
नेपालमा आज एकैदिन २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।

बाँकेको खजुरामा रहेको शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार बाँकेका २१ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन्।  

पहिलो संक्रमित नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्षका धर्मगुरु सहितका २१ जनाको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। अस्पतालमा अहिले बाँके र बर्दियाका २८ जना उपचार गराइरहेका छन्। 

प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्