थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो


 



काठमाडौं, जेठ १०
नेपालमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पतालमा गरिएको परीक्षण्मा थप ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ।

कपिलवस्तु, सर्लाही, बारा, काठमाडौँ, रुपन्देही र चितवनका व्यक्तिमा संक्रमण पुष्टि भएको हो। 

सर्लाहीका १३, कपिलवस्तु र रुपन्देहीका ८र८, बारा, काठमाडौँ र चितवनमा एकरएक जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समरि अधिकारीले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य र उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको जानकारी दिए। योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको छ।

प्रकाशित मिति: १० जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्