कोरोना संक्रमित पटक-पटक भाग्दा चिकित्सक हैरान, तेस्रो पटक भागे


 



जनकपुर, जेठ ११
जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित व्यक्ति भागेका छन् । मानसिक सुन्तलन बिग्रेका सर्लाहीका ४० वर्षीय पुरुष आइतबार बिहान भागेका हुन् ।

उनी आइतबार तेस्रो पटक अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

एक साता अगाडि पनि अस्पतालबाटै भागेका उनी धनुषाधामबाट पक्राउ परेको र त्यहाँबाट जनकपुर ल्याउँदा ल्याउँदै बाटोबाटै भागेकोमा पुनः नियन्त्रणमा लिएर अस्पतालमा भर्ना गरेको कार्कीले बताए । आइतबार तेस्रोपटक अस्पतालबाटै भागेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। नागेन्द्र यादवले मानसिक सन्तुलन ठीक नरहेको उनको उपचार गर्न चिकित्सकलाई पनि हैरानी झेल्नु परिरहेको बताए ।

उनी भर्ना रहेको कक्षमा प्रायः मूलगेटमा ताला लगाएर राख्‍ने गरेको बताउँदै यादवले एकछिन ढोका खुलेको मौका छापेर पुनः भागेको जनाए । प्रादेशिक अस्पताल जनकपुरमा धनुषा, महोत्तरी र सर्लाहका गरी ९ जना संक्रमितको उपचार भइरहेको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्