कोरोना संक्रमण : निको हुनेको संख्या एक सय नाघ्यो


 



काठमाडौं, जेठ ११
नेपालमा फैलिदो कोरोना संक्रमणसंगै निको भएर घर फर्किनेको संख्या पनि बढेको छ । हालसम्म १ सय ४ जना व्यक्ति निको भएका छन् ।

आइतबार एकै दिन पर्साका १७ जना कोरोना संक्रमित निको भएका छन्। १७ जनामध्ये पुरुष १० जना र महिला ७ जना छन्। उनीहरू सबै पर्साका हुन्।

शनिबार मात्र नारायणी अस्पतालबाटै ९ जना र रुपन्देहीको कोरोना अस्पतालबाट १० जना निको भएका थिए।

प्रकाशित मिति: ११ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्