काठमाडौंकाे तापक्रम ३१.८ डिग्री सेल्सियस, अन्य ठाउँमा कति तापक्रम ?



काठमाडौं, जेठ १२
आइतबार यो वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौंका अधिकतम तापक्रम ३१.८ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ ।

यस्तै, दिपायलमा ४० र धनगढी ४०.१ डिग्री सेल्सियस तापक्रम पुगेको छ । नेपालगञ्ज र भैरहवामा मा ३९.५, सिमरामा ३७.५ डिग्री सेल्सियस मापन गरिएको छ । वीरेन्द्रनगरमा ३६.८, दाङमा ३५.८ जनकपुर ३५.५ डिग्री तापक्रम मापन गरिएको छ।

यसैबीच, हाल भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेको छ। नेपालको पूर्वी भू-भागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले पूर्वी र पश्चिमी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन /चट्याङ /हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News