कोरोनाको आशंका गरिएका व्यक्तिको अस्पतालको आइसोलेसनमा मृत्यु


 



चितवन, जेठ १२
भरतपुर अस्पतालको आइसोलेसन कक्षमा कोरोना संक्रमणको आशंका गरिएका एक पुरुषको ज्यान गएको छ ।

रामग्राम-७, नवलपरासीका ४८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार उक्त पुरुषलाई लुम्बिनी अस्पतालले भरतपुर रेफर गरेको थियो ।

राती साढे १२ बजे अस्पताल आएका पुरुषलाई आइसोलेसन कक्षमा राखेर उपचार गराइएको थियो । निमोनियाबाट ग्रसित पुरुषमा कोरोनाको आशंका गरिएको छ ।

२ दिन पहिले खाना खाएपछि बान्ता भएको र लगत्तै सास फेर्न गार्हो भएपछि बिरामी लुम्बिनी अस्पताल पुगेका थिए ।

भरतपुर अस्पतालले पनि मृतक पुरूषको स्वाब परिक्षणका लागि पठाउने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्