थप ७ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ६८२ पुग्याे


 


काठमाडाैं, जेठ १२
नेपालमा थप ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थपिएकाे याे संख्यासहित नेपालमा संक्रमितको संख्या ६८२ पुगेको छ।

उनका अनुसार अछामका ३२ वर्षीय १ जना, बर्दीयाका ३ जना र पर्साका २ जनामा कोरोना संक्रमण देखिएको हो।

वीरगञ्जको नेशनल मेडिकल कलेजमा ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। आज पुष्टि भएकामध्ये एक जनाकाे मृत्यु भइसकेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्