अर्घाखाँचीमा पनि देखियो कोरोना संक्रमण


 



बुटवल, जेठ १२
अर्घाखाँची जिल्लामा पनि कोरोना संक्रमित देखिएका छन् । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा दुई जनामा कोरोना देखिएको छ ।

अर्घाखाँचीमा अहिलेसम्म कोरोना संक्रमण देखिएको थिएन। पाणिनी गाउँपालिकाको पालीमा रहेको क्वारेन्टाईनमा रहेका दुई जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डा। कपिल गौतमले जानकारी दिए। संक्रमित दुईजना नै भारतबाट आएका थिए ।

प्रदेश ५ का तराईका सबै ६ वटा जिल्लामा संक्रमण देखिएपनि पहाडी जिल्लामा संक्रमण देखिएको थिएन । गुल्मीमा पनि यसअघि नै संक्रमण देखिएको थियो।

गुल्मीका १ जना संक्रमितको उपचारका क्रममा रूपन्देहीमा मृत्यु भएको थियो । जनस्वास्थ्य प्रयोगशालाका अनुसार गुल्मीमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्