साँझपख दुई पत्रकारसहित ४३ जना एकैसाथ डिस्चार्ज


 



पर्सा, जेठ १२
नारायणी अस्पतालमा उपचार गराइरहेका दुई जना पत्रकारसहित ४३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

उनीहरुलाई सोमबार साँझ डिस्चार्ज गरिएको नारायणी अस्पतालले जनाएको छ ।

निको भएर डिस्चार्ज हुने दुई पत्रकारसहित २८ जना वीरगन्ज महानगरपालिकाका छन् । यस्तै छिपहरमाइ गाँउपालिकाका ७ जना , धोबीनी गाँउपालिकाका ६ र सर्लाही जिल्ला निवासी एक जना छन्।

सोमबार कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेमा एक जना भारतीय नागरिक पनि रहेका अस्पतालले जनाएको छ । सोही अस्पतालबाट यसअघि आइतबार राती १८ जना र शनिबार ९ जना डिस्चार्ज भएका थिए।

प्रकाशित मिति: १२ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्