क्वारेन्टाइनमा बसेका ३५ जना फरार




काठमाडौं, जेठ १३
कपिलवस्तुमा क्वारेन्टाइमा रहेका ३५ जना भागेका छन् ।

कपिलवस्तु नगपालिका–४ मलपरवामा रहेको सुन्दर प्राथमिक विद्यालयमा बसेका ४३ जना मध्ये ३५ जना भागेका हुन् ।

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले क्वारेन्टाइमा रहेका व्यक्तिहरु भागेको बताए ।

उनले प्रदेश र केन्द्र सरकारले वेवास्ता गर्दा क्वारेन्टाइमा भएका व्यक्तिहरु व्यवस्थापना गर्न नसकिएको बताए ।

गाउँपालिकामा क्वारेन्टाइमा रहेकाहरुको कोरोना परीक्षण गर्न प्रदेश र केन्द्र सरकारले बेवास्ता गर्दा उनीहरू भागेको हुनसक्ने उनले बताए । परीक्षणका लागि प्रदेश र केन्द्रमा भनेपनि पनि किट नै नआएको भन्दै पन्छ्याइएको उनले बताए ।

उनले कोरोना क्वारेन्टाइमा रहेकाहरुको कतिपयको रिपोर्ट नै समयमा नआएको र कतिपयको कोरोना परीक्षण नै हुन नसकेको बताए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News