सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि




काठमाडौं, जेठ १३
सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । वीरेन्द्रनगर नगरपालिकामा ८ जना,  भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुईरदुई जनामा कोरोना पुष्टि भएको हो ।

वीरेन्द्ररनगर नगरपालिका(१ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष,  वडानम्बर ३ मा ४६ वर्षका पुरुष र वडानम्बर ६ मा २६ वर्षका युवकमा कोरोना पुष्टि भएको छ ।

यस्तै पूर्वी सुर्खेतको  भेरीगंगा नगरपालिका(८ मा १६ र १७ वर्षीय दुईजना पुरुष र सिम्ता गाउँपालिका(४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै सुर्खेतमा संक्रमितको संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ । नयाँ पुष्टि भएका सबै संक्रमित भारतबाट आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News