कोरोना संक्रमण बढेपछि रौतहटका दुई नगरपालिका सिल




रौतहट, जेठ १३
कोरोना भाइरसको संक्रमण बढेपछि रौटहटका दुई नगरपालिकालाई सिल गरेको छ।

राजपुर र इशनाथ नगरपालिकालाई अर्को आदेश नभएकासम्मका लागि सिल गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए। दुवै नगरपालिका सिल गरिएसँगै निषेधाज्ञा पनि जारी गरिएको उनले बताए ।

जिल्लामा सबैभन्दा बढी संक्रमित यी दुई नगरपालिकाका छन्। दुवै नगरपालिकाको क्वारेन्टाइनमा अझै करीब एक हजार पाँच सय मानिस छन्।

मंगलबार मात्रै रौतहटमा २२ जना कोरोना संक्रमित थपिएका छन्। थपिएकामध्ये देवाही गोनाही नगरपालिकाका १२, गौर नगरपालिकाका ८ जना तथा गरुडा र राजदेवी नगरपालिकाका एकरएक जना छन्। यसअघि गएको आइतबार रौतहटमा २६ जनामा संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News