नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, तीन जना घाइते



रुकुम, जेठ १३
पश्चिम रुकुमको राडीबजारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा )र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।

मंगलबार साँझ भएको झडपमा परि नेकपाका दुई र कांग्रेसका एकजना घाइते भएका हुन् ।  राजनीतिको बिषयलाई लिएर  दुई पक्षबीच  झडप भएको हो ।

दुबै पक्षबीच हानाहान हुँदा दुईजनाको टाउकोमा चोट लाग्नुका साथै एकको हातमा चोट लागेको छ ।  प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको स्रोतले वतायो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News