कोरोनाका कारण ३ लाख ५० हजार बढीको मृत्यु, अर्को ‘हट स्पट’ ब्राजिल



काठमाडौं, जेठ १४
कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या तीन लाख ५० हजार नाघेको छ।

अहिलेसम्म कोभिड–१९ बाट विश्वभर तीन लाख ५० हजार ४२३ जनाको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयलले जनाएको छ ।

विश्वभर संक्रमितको संख्या ५५ लाख ८८ हजार भन्दा बढी रहेको छ । सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या १६ लाख ८० हजार भन्दा बढी पुगेको छ ।

त्यहाँ कोभिड–१९ बाट ९८ हजार ९ सय भन्दा बढीको ज्यान गइसकेको छ । अमेरिकापछि नयाँ ‘हट स्पट’का रुपमा देखा परेको छ । अमेरिकापछि सबैभन्दा धेरै दक्षिण अमेरिकी देश ब्राजिलमा कुल संक्रमितको संख्या तीन लाख ९१ हजार छ । त्यहाँ २४ हजार पाँच सय भन्दा बढीको मृत्यु भएको छ ।

संक्रमितको संख्या रुसमा तीन लाख ६२ हजार, बेलायतमा दुई लाख ६६ हजार, स्पेनमा दुई लाख ३६ हजार र इटालीमा दुई लाख ३० हजार भन्दा बढी रहेको छ ।

मृत्यु बेलायतमा ३७ हजार १३०, इटालीमा ३२ हजार ९५५, फ्रान्समा २८ हजार ५३३ तथा स्पेनमा २७ हजार ११७ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News