आइसोलसनमा राखिएका १ जनाको मृत्यु



कैलाली, जेठ १४
कैलालीमा आइसोलेसनमा भर्ना भएका १ जनाको मृत्यु भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका कैलालीका ५५ बर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले जनाएकाे छ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आइसोलेसनमा राख्नुअघि उनमा जटिल प्रकारको स्वास्थ्य समस्या एन। पीसीआर परीक्षणका लागि मृतकको स्वाब संकलन भइसकेकाले आज १/२ बजेसम्म नतिजा आउने उनले बताए ।

पीसीआर रिपोर्ट आएपछि मात्र शवको व्यवस्थापन गरिनेसमेत सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । बुधबार मृत्यु भएका पुरुष केही दिनअघि भारतबाट फर्किएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News