अछामबाट हिँडेर बर्दिया पुगेको केही घण्टामै मृत्यु




काठमाडौं, जेठ १४
अछामबाट हिडेर बर्दियाको गुलरिया पुगेका एक जनाको मृत्यु भएको छ । बर्दिया पुगेर गुलरिया नगरपालिकाको बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका पुरुषको मृत्यु भएको हो।

मृत्यु भएका पुरुष हिजो रातिमात्र अछामबाट गुलरिया आइपुगेका थिए। १३ जनाको समूहमा हिँड्दै आएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो। ‘उनी बाटोबाट नै आफू मर्न लागेको भन्दै आएका थिए रे’ गुलरिया नगरपालिका मेयर मुक्तिनाथ यादवले भने ‘उनी हिँड्दै विरामी भएका थिए। परिवारलाई पनि फोन गर्दै मर्न लागेँ भन्दै आएका थिए रे ।’

उनी अछामबाट ७ दिन अघि हिँडेका थिए। अछामबाट डोटीसम्म हिँडेर त्यसपछि बीच बीचमा गाडीबाट आएका थिए। उनको अहिले कोरोना सङ्क्रमणको परीक्षणको लागि टेस्ट गरिदैंछ। उनी दमका बिरामी पनि रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News