नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८६ पुग्याे



काठमाडौं, जेठ १४
भारतबाट भित्रिनेकाे संख्या बढेसँगै काेराेना संक्रमितकाे संख्या ह्वात्तै बढेकाे छ। एकैदिन ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। एकैपटक यतिधेरै संख्यामा नेपालमा कोरोना संक्रमित थपिएको यो नै पहिलो पटक हो।

संक्रमितमध्ये १८३ जना उपचारपछि निको भएका छन्। म‌ंगलबार राती नारायणी कोभिड अस्थायी अस्पतालबाट २१, बुधबार कोशी अस्पतालबाट ४ र भेरीस्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या १८३ पुगेको हो। कुल संक्रमितमध्ये हालसम्म नेपालमा ४ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News