अझै दुई महिना नेपालमा कोरोना संक्रमित बढ्छन्!



काठमाडौं, जेठ १४
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएम) ले आगामी जुन र जुलाई महिनामा कोरोना संक्रमितको संख्या थप बढेर जाने प्रक्षेपण गरेको छ ।

नेपाली सेनाका स्वास्थ्यकर्मीसहित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरु सम्मिलित टोलीले कोरोना भाइरसको अन्तर्राष्ट्रिय ट्रेण्डलाई हेरेर यो आँकलन गरेको हो ।

‘कोरोना रोकथामसम्बन्धी प्रतिकार्यका लागि गरिएको गणितीय विश्लेषणले यो देखाएको हो’, नेपाली सेनाका मेजर डा. नविन फुयाँलले भने, ‘यसले हामीलाई थप पूर्वतयारी गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।’

नेपाली सेनाले बुधबार आयोजना गरेको भिडियो कन्फरेन्समा बोल्दै सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पनि भारत, चीन, स्पेन, इटलीलगायतका मुलुकको अभ्यासबाट पनि यसको प्रक्षेपण गरिएको बताए । उनले भने, ‘यो शतप्रतिशत मिल्छ नै भन्ने त होइन तर, पूर्वतयारीका संकेत हो ।’

चीनको बुहानबाट नेपाली उद्दार कार्यमा समेत खटिएका डा. फुयालले अहिलेसम्म नेपाल कोरोना संक्रमणको भयावह स्थितिसमेत पुगिनसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News