उपत्यकामै मृत्यु भयो कोरोनाबाट एक जनाको, ज्यान गुमाउने पुगे ५ जना


 


फाइल तस्विर

काठमाडौं । कोरोना भाइरसबाट काठमाडौं उपत्यकामा एक जनाको मृत्यु भएको छ। उपत्यकाको किष्ट मेडिकल कलेजको आइसीयुमा उपचाररत ललितपुर वडा नम्बर २२ निवासी ५७ वर्षीय वृद्धको आज साँझ मृत्यु भएको हो। यससँगै नेपालमा ज्यान कोरोनाबाट मर्नेको संख्या ५ जना पुगेको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बिरामीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। मृतकको स्वाब दुई दिन अगाडि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। आज रिपोर्ट आएकै दिन उनको मृत्यु भएको हो।

सो क्षेत्रकी सांसद पम्फा भुसालले मृतकप्रति श्रद्धान्जली व्यक्त गरेकी छिन्।

प्रकाशित मिति: १४ जेष्ठ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्