नयाँ सीडीयो आएकै दिनदेखि बाँकेमा निशेधाज्ञा जारी




नेपालगन्ज, जेठ १५
कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएको छ । हिजो राति राति १० बजेदेखि लागू हुनेगरि अर्को सूचना जारी नभएसम्मका लागि निशेधाज्ञा लागू गरिएको हो ।

हिजो मात्रै बाँकेको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी रामबहादुर कुरुम्बाङले सम्हालेका छन् । उनले जिम्मेवारी सम्हालेकै दिनदेखि जिल्लामा निशेधाज्ञा जारी गरेका हुन् ।

कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण र रोकथाम गर्न जिल्लाभर प्रतिकूल प्रभाव पार्ने कुनै पनि गतिविधि हुन–गर्न नदिन, राजपत्रमा तोकिएको आवश्यक सेवाबाहेकका अन्य सबै सेवा अर्को आदेश नभएसम्म जिल्लाभर नगर्न–नगराउन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्ले बताए।

उनकाअनुसार निषेधाज्ञा अवधिभर भोजनालय, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल, औषधि पसल, औषधि ढुवानी सेवा, मालसामान ओसारपसार, छापाखाना, खानेपानी तथा वितरण सेवा, बैंकिङ सेवा, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत् सेवा, कृषिजन्य कार्य तथा पशुपन्छीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कसपबाहेक अन्य कार्यालय तथा पसल सञ्चालन गर्न पाइने छैन ।

कोरोनाको संक्रमणबाट जोगिन सबै खालका भेला, सभा, सम्मेलन, सेमिनार, गोष्ठीलगायत नगर्न तथा भिडभाड गर्न–नगराउन प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News