कोरोना महामारी : दुई हप्तामै संक्रमितको संख्या तेब्बर बढी




काठमाडौं, जेठ १५
नेपालमा जेठ महिना लागेसंगै कोरोना संक्रमितको संख्या तेब्बर भएको छ । दुई हप्तामा मात्रै संक्रमितको संख्या तेब्बर बढी पुगेको हो ।

हिजो मात्रै एकै दिन ११४ जना कोरोना संक्रमित बिरामी थपिएका छन् । यसले नेपालमा पनि कोरोना भाइरसको संक्रमण तीब्र भएको संकेत गरेको छ ।

भारतमा रहेका नेपालीहरू भित्रिएपछि संक्रमितको संख्या बढी देखिन लागेको छ। क्वारेन्टाइनमै रोग फैलिएको पत्ता लागेको छ ।

हिजो थपिएका ११४ जना सबै क्वारेन्टाइनमा रहेकाहरु छन् । देशका ४७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ ।

वैशाख अन्तिमसम्म विना कसैको मृत्यु २४३ कुल संक्रमित संख्या भएकोमा जेठमा संख्या तीन गुना बढेको हो ।

हालसम्म कोरोना संक्रमितको संख्या ९ सय नाघेको छ । बितेको १४ दिनमा ६५७ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ५ जनाको मृत्यु भइसकेको छ ।

बाँके, पर्सा, कपिलवस्तु, झापा, रौतहटमा कोरोना भाइरसका संक्रमित निकै बढेका छन् । सरकारले तेस्रो मुलुकमा अलपत्र परेका नेपालीलाई ल्याउने तयारी थालेको छ । यसले पनि कोरोना भाइरसको संक्रमित बढ्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News