राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हौं : राष्ट्रपति भण्डारी




काठमाडौं, जेठ १५
राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिएकी छन् ।
उनले स्वदेशरविदेशमा रहेका नेपालीलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेकी छन। गणतन्त्रलाई थप सुदृढ तुल्याउन उनले सबैमा आव्हानसमेत गरेकी छन्।

गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका राजनीतिक दल, नेता, कार्यकर्ता र आम जनताको योगदानको उच्च प्रशंसा गर्दै शुभकामना सन्देशमार्फत भण्डारीले भनेकी छन्, ‘यो ऐतिहासिक दिवसले सबै नेपालीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस।’

अपार जनसहभागितामा ऐतिहासिक जनआन्दोलनबाट स्थापित जननिर्वािचत पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको स्मरण गर्दै उनले यस वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिले गणतन्त्र दिवस मनाउन असहज भएको उनको भनाइ छ ।

सदाकाल स्वाधिन राष्ट्रका रुपमा रहेको नेपालको भौगोलिक अखण्डता कायम गर्ने तथा राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पुर्‍याउने पूर्वजहरुको योगदानलाई उनले स्मरण गरेकी छिन्। पूर्वजको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन उनले सबैलाई आग्रह गरेकी छन्।

निकै लामो संक्रमणकाल पश्चात् राजनीतिक स्थिरता र दिगो शान्ति कायम भएको वर्तमान परिवेसमा नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली र सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने अभियानमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन सम्पूर्ण राजनीतिक दलहरु तथा आमजनतामा उनले आह्वान गरेकी छन।

राष्ट्रपति भण्डारीले कोरोना भाइरसको संक्रमणमा परी स्वदेश तथा विदेशमा अमूल्य जीवन गुमाउने र गणतन्त्र स्थापनमा अहुति दिने ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकी छन।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News