आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुने, सबै तयारी पूरा




काठमाडौं, जेठ १५
आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट आज संसदमा प्रस्तुत गरिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्नका लागि सबै तयारी पूरा भएको जनाइएको छन् ।

मन्त्री खतिवडाले संघीय संसदको संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) बैठकमा अपरान्ह ४ बजे बजेट प्रस्तुत गर्ने गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा, सिँचाइ तथा नदी पथान्तरण (डाइभर्सन) आयोजनालाई विशेष प्राथमिकतामा राखिएको छ ।

निर्माणका क्रममा रहेका आयोजनालाई सम्पन्न गर्ने र केही ठूला आयोजना सुरु गर्ने लक्ष्यसाथ सरकारले बजेट विनियोजन गर्न लागेको जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई चालु आर्थिक वर्षको भन्दा झण्डै ६ अर्ब कम हुने गरी ७५ अर्ब बराबरको बजेट सिलिङ तोकिएको छ ।

सरकारको नीति तथा कार्यक्रमका आधारमा केही महत्वपूर्ण र बहुउद्देश्यीय आयोजनालाई सरकारले विशेष ध्यान दिने भएको छ । लकडाउनका कारण केही निर्माणाधीन आयोजनामा समस्या परेको भए पनि त्यसलाई सम्पन्न गर्दै नयाँ परियोजना सुरु गर्ने लक्ष्यसाथ बजेट विनियोजन हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News