कोरोना संक्रमितको संख्या एक हजार नजिक, विहानै थपिए ८० जना




काठमाडौं, जेठ १५
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नजिक पुगेको छ । आज विहानै थप ८० जना संक्रमित थपिएका छन् ।

जसमा प्रदेश नम्बर २ मा मात्रै ७६ जना थपिएका छन् । यसमा सबैभन्दा धेरै धनुषामा २९ जना संक्रमित थपिएका छन् ।

महोत्तरीमा १७, सप्तरीमा १४, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटमा ३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, स्याङ्जाका तीन जना, नवलपुरका एक जनामा कोरोना पुष्टि भएको छ । यससंगै नेपालका कोरोना संक्रमितको संख्या ९ सय ८१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News